०२ असार २०८३, मंगलबार

अमेरिकाले वाशिङटनस्थित प्यालेस्टाइनी कार्यालय बन्द गर्ने

अमेरिकाले वाशिङटनस्थित प्यालेस्टाइनी कार्यालय बन्द गर्ने

काठमाडौं — अमेरिकाले छिट्टै वाशिङटनमा प्यालेस्टाइनी मुक्ति संगठनको कार्यालय बन्द गर्ने भएको छ । अमेरिकाको परराष्ट्र मन्त्रालयले यसको जानकारी दिएको छ । 

परराष्ट्र मन्त्रालयले जारी गरेको बयानमा भनिएको छ — पीएलओ नेताहरू इजरायलमा शान्ति स्थापनाका लागि अमेरिकी प्रयासलाई सहयोग गरिरहेका छैनन् । उनीहरूले अन्तर्राष्ट्रिय फौजदारी अदालतमार्फत इजरायललाई अनुसन्धान गराउन प्रयास गरेका छन् ।

एक वरिष्ठ प्यालेस्टाइनी अधिकारीले यो फैसला खतरनाक कदम भएको बताए । 

प्यालेस्टाइनीहरूको अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रतिनिधि लिबरेसन अफ प्यालेस्टाइन अर्गनाइजेसनले यो मिसनको शुरूआत सन् १९९४ मा गरेको थियो । 

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प पश्चिम एसियामा शान्ति योजना लागू गर्ने प्रयास गरिरहेका छन् । तर उनले सन् २०१७ को डिसेम्बरमा जेरुसेलमलाई इजरायलको राजधानी मान्ने घोषणा गरेका थिए । त्यसपछि प्यालेस्टाइनी
अधिकारीहरूले यस योजनामा अमेरिकासँग मिलेर काम गर्न अस्वीकार गरेका थिए । 

अमेरिकी परराष्ट्र मन्त्रालयले सोमवार भन्यो, ‘पीएलओले इजरायलसँग सीधा र सार्थक कुराकानीलाई अघि बढाउन कुनै कदम उठाएको छैन । उल्टो पीएलओले अमेरिकी शान्ति योजनाको आलोचना र शान्ति प्रयासमा अमेरिकी
सरकारसँग काम गर्न अस्वीकार गरेको थियो ।’

अघिल्लो वर्ष परराष्ट्र मन्त्रालयले प्यालेस्टाइनी मिसनलाई अमेरिकी कानूनअन्तर्गत बन्द गर्ने चेतावनी पनि दिएको थियो । 

तर मे महिनामा प्यालेस्टाइनी प्रशासनका परराष्ट्रमन्त्रीले आईसीसीबाट सम्पूर्ण अनुसन्धान गर्नका लागि औपचारिक निवेदन दिएका थिए । उनले आफूसँग धेरै र बलिया प्रमाणहरू रहेको उनले दाबी गरेका थिए ।

बीबीसीबाट
 

salt training

कमेन्ट गर्नुहोस्