०९ असार २०८३, मंगलबार

१७ वर्षअघिको त्यो त्रासदीपूर्ण घटना जहाँ ३ हजारभन्दा बढीले ज्यान गुमाए

१७ वर्षअघिको त्यो त्रासदीपूर्ण घटना जहाँ ३ हजारभन्दा बढीले ज्यान गुमाए
Photo : Daily Star

वासिङ्टन –अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी भूमिमा भएको सबैभन्दा ठूलो आतङ्कवादी हमलाको १७ वर्षका सिलसिलामा पेन्सिलभेनियाको स्मारकमा आयोजना गरिने विशेष कार्यक्रममा सहभागिता जनाउने तय भएको छ ।

सेप्टेम्बर ११, २००१ का दिन आतङ्ककारीले तीनवटा विमान अपहरण गरी अमेरिकाका महत्वपूर्ण तीनवटा संरचनामा आक्रमण गरेका थिए ।

तीमध्ये दुईवटा विमानले न्यूयोर्कस्थित वल्र्ड ट्रेड सेन्टरमा आक्रमण गरिएको थियो भने एउटा विमानले अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनमा आक्रमण गर्ने योजना थियो । तर विमानमा सवार यात्रुको प्रतिरोधका कारण तेस्रो विमान पेन्टागन नपुग्दै श्याक्सनभिल्लेमा झरेको थियो । त्यस विमानमा सवार ४० जनाभन्दा बढी यात्रु र चालकदलका सदस्य सबैको मृत्यु भएको थियो । 

तर वर्ल्ड ट्रेड सेन्टरमा भएको विमान आक्रमणबाट सबैभन्दा ठूलो क्षति भएको थियो । आतङ्कवादी संगठन अल–कायदाका नेता ओसामा बिन लादेनको निर्देशनमा भएको उक्त आक्रमणबाट तीन हजारभन्दा बढी मानिस मारिएका थिए । करिब एक दशकपछि तत्कालीन राष्ट्रपति बाराक ओबामाको आदेशमा अमेरिकी सेनाको कारबाहीमा मे २०११ मा बिन लादेन मारिएका थिए । 

“राष्ट्रपति ट्रम्प सहभागी हुने कार्यक्रममा त्यस विनाशकारी घटनाबाट ज्यान गुमाउनेहरुप्रति सम्मान प्रकट गरिनेछ, र त्यस आततायी घटना हुँदा जीवन जोखिममा राखेर उद्धार कार्यमा खटिने व्यक्तिहरुलाई सम्मान गरिनेछ,” ह्वाइट हाउसकी प्रवक्ता सराह हकाबी स्यान्डर्सले बताए ।

राष्ट्रपति चुनिएपछि गत वर्ष राष्ट्रपति ट्रम्प पहिलो पटक वार्षिक समारोहमा सहभागी हुन भएको थियो । उपराष्ट्रपति माइक पेन्स पनि मङ्गलबारको समारोहमा सहभागी हुने कार्यक्रम छ । 

सन् २००१ को आक्रमणका समयमा राष्ट्रपति ट्रम्प वल्र्ड ट्रेड सेन्टरबाट करिब ६.५ किलोमिटर टाढाको आफ्नै ट्रम्प टावरमा थिए । उनीसँग सेप्टेम्बर ११ को घटनाप्रति मिश्रित धारणा रहिआएको छ । उनले पूर्व राष्ट्रपति जर्ज डब्लु बुसले अमेरिकी जनतालाई सुरक्षित राख्न नसकेको भन्दै आलोचना गर्दैआएका छन् ।

ट्रम्पले टावर भत्किदाँ हजारौं मुस्लिमले न्यूजर्सीको जर्सी सिटीमा खुशियाली मनाएको बताएका छन् । तर मुस्लिम समुदायले त्यस्तो खुशीयाली मनाएको कुनै पनि टेलिभिजनले देखाउन सकेका छैनन् । 

ट्रम्पले न्यूयोर्क आक्रमणमा सयौं मित्रहरु गुमाएको बताउँदै आएका छन् । राष्ट्रपति ट्रम्पले मारिएका कुनै निश्चित व्यक्तिको नाम लिएका छैनन् । डार्लिन सुपरभिल (रासस/एपी)

salt training

कमेन्ट गर्नुहोस्