०४ असार २०८३, बिहीबार

लिबियाको तटमा सेप्टेम्बरको शुरूआतमा १०० जनाको मृत्यु

लिबियाको तटमा सेप्टेम्बरको शुरूआतमा १०० जनाको मृत्यु

काठमाडौं — लिबियाको तटमा सेप्टेम्बर महिनाको शुरूआतमा दुईवटा डुंगा डुब्दा २० बालबालिका सहित १०० भन्दा बढी आप्रवासीको मृत्यु भएको छ ।

डक्टर्स विदाउट बोर्डर्सले दुर्घटनामा बाँच्न सफल मानिसलाई उद्धृत गर्दै यसको जानकारी दिएको हो । 

प्रत्यक्षदर्शीहरूले बताएअनुसार, सेप्टेम्बर १ मा दुई डुंगा लिबियाको तटबाट अलिक पर पुगेपछि दुर्घटनामा परेका थिए । प्रत्येक डुंगामा १६० को दरले मानिसहरू थिए । 

प्रवासीहरूमा सुडान, माली, नाइजर, क्यामरून, घाना, लिबिया, अल्जेरिया र इजिप्टका नागरिक थिए ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्