०७ असार २०८३, आइतबार

अामा तीज मनाउन गएका बेला बाबुले गरे छोरीको हत्या

अामा तीज मनाउन गएका बेला बाबुले गरे छोरीको हत्या
सा‌ंकेतिक तस्बिर

बाजुरा– स्थानीय त्रिवेणी नगरपालिका–७ मा ४५ वर्षीय धनबहाुदर ऐडीले आफ्नै छोरीको हत्या गरेका छन् । 

ऐडीले पाँच वर्षीया छोरी रबिनाको हत्या गरेको प्रहरी नायब उपरीक्षक सागर बोहोराले जानकारी दिनुभयो । हत्या गर्ने बाबु धनबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

घरभन्दा बाहिर करीब २० मिटर पर हत्या गरेको अवस्थामा बालिकाको शव भेटिएको छ । आमा तीज मनाउन त्रिवेणी नगरपालिका–९ स्थित माइतीघर ताम्सुमा गएको अवस्थामा हत्या भएको हुन सक्ने प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार छोरीको हत्या करीब चार/पाँच दिनअगाडि भएको देखिएको छ । हत्याको कारणबारे अनुसन्धान गर्न प्रहरी टोली घटनास्थ पुगिसकेको प्रमुख नायब उपरीक्षक बोहोले बताए । 

मृतक रबिनाको शवपरीक्षणका लागि जिल्ला अस्पताल मार्तडी ल्याउन लागिएको प्रहरी नायब उपरीक्षक सागर बोहोराले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्