०६ साउन २०८३, बुधबार

मर्यादा विपरीत आचरण गर्ने ६ प्रहरी कारवाहीमा

मर्यादा विपरीत आचरण गर्ने ६ प्रहरी कारवाहीमा

बर्दिया- सङ्गठनको व्यावसायिक मर्यादा विपरीत आचरण गर्ने ६ जनालाई प्रहरीलाई कारवाही गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय बर्दियाले आन्तरिक शुद्धीकरण अभियानअन्र्तगत प्रहरी सङ्गठनको व्यावसायिक मर्यादा विपरीत आचरण गर्ने ६ जनालाई कारवाही गरिएको जनाएको छ । 

कारवाही पर्नेमा प्रहरी निरीक्षक एक, प्रहरी सहायक निरीक्षक तीन, प्रहरी हबल्दार एक र प्रहरी जवान एक जना रहेको बर्दियाका प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले जानकारी दिए । 

जिल्लाको शान्तिसुरक्षासहित आन्तरिक शुद्धीकरण आफ्नो पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले लागुऔषध नियन्त्रण तथा मानव बेचबिखन, महिला हिंसा, लैङ्गिक हिंसा, आत्महत्या, बहुविवाह, घरेलु हिंसाजस्ता घटनाको न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गरिरहेको बताए । 

नागरिक मैत्री प्रहरी सेवाप्रति आफू सदैव समर्पित रहेकोमा पनि प्रहरी उपरीक्षक मैनालीले जोड दिए ।

salt training

कमेन्ट गर्नुहोस्