
काठमाडौ– निर्मला पन्तको हत्या र बलात्कारको अनुसन्धानको विषयलाई लिएर सरकारले गठन गरेको समितिका एक सदस्यलाई हृदयघात भएको छ । समितिमा सदस्य रहेका सशस्त्र प्रहरी बलका डिआइजी बसन्त बानियाँलाई हृदयघात भएको हो ।
उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । उनलाई ६ दिन अगाडि हृदयघात भएको हो । सरकारले समितिको म्याद आइतबार १५ दिनका लागि थपेको थियो । नयाँ पत्रिका दैनिकले विस्तृतमा खबर छापिएको छ ।