
काठमाडौं– कांग्रेस केन्द्रीय सदस्य डा शेखर कोइरालाले पत्रकार राजु बस्नेतलाई तत्काल रिहा गर्न माग गरेका छन् ।
एक विज्ञप्तिमार्फत कोइरालाले समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गरिनु दुःखद भएको भन्दै बस्नेतको तत्काल रिहा नगरिए सरकारले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् ।