०४ असार २०८३, बिहीबार

संविधान संशोधनलाई रोकेर गरिने चुनावको प्रतिरोध गछौंः यादव

कात्तिक २०, २०७४
संविधान संशोधनलाई रोकेर गरिने चुनावको प्रतिरोध गछौंः यादव

काठमाडौं, २९ मंसिर–मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले प्रमुख तीन दलवीच संशोधन प्रस्तावलाई तत्काललाई थाँती राखेर स्थानीय निकायको निर्वाचन गर्नेबारे भएको सहमतिले मोर्चाको ध्यानाकार्षण भएको बताएका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा यादबले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले यो संविधानलाई अहिलेम्म नमानेको बताउँदै भने,‘हामीले यो संविधान मानेकै छैनौं, यो संविधान अपूरो छ, अपूर्ण छ, त्यसैले संशोधन हुनुपर्छ भनेका छौं ।’

उनले संशोधनलाई थाँती राखेर गरिने जुनसुकै निर्वाचनको पनि मोर्चाले प्रतिरोध गर्ने चेतावनी दिए । यादवले भने,‘अहिले हामी मोर्चाका साथीहरु आन्तरिक छलफलमा जुटेका छौं, चुनाव रोक्नको लागि जे जे गर्नुपर्ने हो, त्यो सबै गरिन्छ ।’

उनले संशोधन प्रस्तावलाई थाँती राखेर अघि बढे प्रस्ताव ल्याउने सत्तारुढ दल काँग्रेस र माओवादी केन्द्रलाई नै नैतिक प्रश्न र राजनैतिक प्रश्न उब्जिने बताए ।

salt training

कमेन्ट गर्नुहोस्