१५ असार २०८३, सोमबार

पत्नी वियोगमा परेका पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरीफ केही दिनका लागि जेलमुक्त

पत्नी वियोगमा परेका पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरीफ केही दिनका लागि जेलमुक्त
फाइल फोटो

इस्लामावाद – भ्रष्टाचारको आरोपमा कारागारमा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफलाई दिवंगत पत्नीको दाहसंस्कार गर्न अन्तरिम जमानतमा रिहा गरिएको सरकारी स्रोतले बताएको छ । शरीफकी पत्नी कुलसूम नवाजको मंगलवार लन्डनमा अर्बुध रोगका कारण निधन भएको थियो । 

कुलसूमलाई अस्पताल भर्ना गरेर पाकिस्तान फर्किएका नवाज शरीफ र उनकी छोरीलाई पक्राउ गरी भ्रष्टाचारको आरोपमा थुनामा राखिएको छ । पाकिस्तानको संसदीय चुनावमा पाकिस्तान मुस्लिम लीग–नवाज (पीएमएल) पार्टीका लागि चुनावी प्रचारका लागि उनी पाकिस्तान फर्किएका थिए ।

शरीफ र उनकी छोरी मरयामलाई हवाई जहाजमा राखेर लाहोर पुर्‍याइएको छ । कुलसूमको दाहसंस्कार लाहोरमा गर्ने कार्यक्रम रहेको पीएमएलले जनाएको छ । 

उनीहरू दुबैलाई १२ घण्टाका लागि छाडिएको भए पनि गृह मन्त्रालयले उनीहरूको जमानतको अवधि बढाउन सक्ने रावलपिन्डी केन्द्रीय कारागारका एक अधिकारीले बताए ।

स्थानीय सञ्चार माध्यमले दाहसंस्कार शुक्रबार मात्र गरिने बताएका छन् । 

राजनीतिमा पनि सक्रिय ६८ वर्षीया कुलसूमले नवाज शरीफको राजनीतिलाई अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

उनलाई क्यान्सर भएको गत वर्ष अगस्टमा पत्ता लागेको थियो । महिनौंदेखि लन्डनस्थित एक निजी अस्पतालमा उनको उपचार भइरहेको थियो । 

नवाज शरीफविरुद्ध तीव्र प्रचार गरेर चर्चामा आएका प्रधानमन्त्री इमरान खानले कुलसूमको निधनप्रति दुःख प्रकट गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्