१७ असार २०८३, बुधबार

भारतको सीमाभित्र चिनियाँ सैनिक घुसेको भारतको दाबी

भारतको सीमाभित्र चिनियाँ सैनिक घुसेको भारतको दाबी

काठमाडौं — इन्डो–टिबेटन बोर्डर पुलिसले सार्वजनिक गरेको एक रिपोर्टअनुसार, चिनियाँ सेनाले अगस्ट महिनामा तीनपटक भारतमा घुसपैठ गरेको छ । 

आईटीबीपीको रिपोर्टमा चिनियाँ सेनाले उत्तराखण्डको बाराहोतीमा ६ अगस्ट, १४ अगस्ट र १५ अगस्टमा घुसपैठको प्रयास गरेको र त्यसको कडा विरोध गरिएको उल्लेख छ । 

चिनियाँ जनमुक्ति सेना र केही नागरिक बाराहोतीको रिमखिम पोस्टनजिक देखिएका थिए । उनीहरू भारतीय सीमाभित्र लगभग चार किलोमिटर घुसेका थिए । आईटीबीपीले उनीहरूलाई लखेटेको थियो । 

भारत र चीनबीच दोक्लम विवाद हुँदा ७२ दिनसम्म भारतीय र चिनियाँ सेना आमनेसामने भएका थिए । पछि दुवै देशको सहमतिमा गतिरोध अन्त्य भयो र दुई देशबीचको सीमा तनाव कायम छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्