
काठमाडौं — रुसकी एक प्रसिद्ध मोडल ट्राफिक नियम उल्लंघन गरेको आरोपमा समातिएकी छन् । पक्राउ खाएपछि पहिला त मोडलले प्रहरीलाई धम्क्याएर छुट्न खोजिन् तर प्रहरी अडिग रहेपछि उनले प्रहरीलाई शारीरिक सम्बन्ध बनाउने अफर गरिन् । तर प्रहरीले उनलाई हिरासतमा लिइछाड्यो ।
किरा मेयर नामक मोडलले ट्राफिक नियम तोडेपछि प्रहरीलाई अनुसन्धानका क्रममा आक्रमण गरेको आरोप छ । प्रहरीले उनलाई कारबाट निस्कन भन्यो । त्यसपछि किराले आफूलाई छोडिदिएमा सम्बन्ध बनाउने अवसर दिने भनिन् । तर घटनास्थलमा रहेका दुई प्रहरीले उनको कुरा नसुनेर हिरासतमा लिए ।
अदालतमा सुनुवाइ हुँदा मोडलले आफूमाथि लागेका सबै आरोप स्वीकार गरिन् । आफूले गरेको गल्तीका लागि माफी माग्ने उनले बताइन् । आफू आत्तिँदा नियन्त्रण गुमाउन पुग्ने उनले बताइन् ।
किरामाथि यसअघि पनि केही समयका लागि ड्राइभिङ प्रतिबन्ध लागेको पाइएको छ । किराले प्रहरीलाई लात्ताले हानेको र घाइते बनाउने कोशिश गरेको पनि बताइएको छ ।
किरालाई हिरासतमा लिने बेलामा उनी अब गाडी चलाउन पाउनेछैनन् भनी प्रहरीले बताउँदा रिसले चुर भइन् अनि प्रहरीमाथि चिच्याउन थालिन् । उनी प्रहरीबाट आफ्नो कागजात थुत्न थालिन् । त्यतिले नपुगेर उनी गाडीमा फेरि छिरेर
भाग्ने सुर गर्दै थिइन् ।
किराले अब जेलमा डेढ वर्ष बस्नुपर्ने भएको छ ।
किरा रुसकी प्रख्यात मोडल हुन् र इन्स्टाग्राममा उनका लाखौं फलोअर छन् । जेल सजाय पाएपछि उनले आफ्नो इन्स्टाग्राम अकाउन्ट डिलिट गरेकी छन् ।
एजेन्सी