काठमाडौं – बंलादेशमा जारी साफ च्याम्पियनसिप फूटबल प्रतियोगिताअन्तर्गत सेमीफाइनलमा अहिले नेपाल र माल्दिभ्स भिडिरहेका छन् ।
ढाकाको बंगबन्धु रंगशालामा जारी खेलको पहिलो हाफमा माल्दिभ्सले १-० को अग्रता लिएको छ । दोस्रो हाफको खेल जारी छ ।
नेपाल समूह एको विजेता तथा माल्दिभ्स समूह बीको उपविजेताका रूपमा सेमीफाइनल पुगेका हुन् ।
माल्दिभ्स र श्रीलंकाबीचको अंक, गोल अन्तर, गरेको गोल, तथा कार्ड बराबरी भएपछि गोलाप्रथाबाट माल्दिभ्सले सेमीफाइनल यात्रा तय गरेको हो ।
प्रतियोगितामा माल्दिभ्सले कुनै पनि गोल गर्न सकेको छैन भने नेपालले समूहमा ७ गोल गरेर १ गोल खाएको छ ।
समूह चरणमा नेपाल भुटानविरुद्ध ४–० गोल र बलियो बङ्गलादेशविरुद्ध २–० गोल अन्तरले विजयी थियो । पाकिस्तानसँग भने २-१ को हार बेहोरेको थियो ।
नेपालले माल्दिभ्सलाई हराउन सके इतिहास रच्नेछ । यसअघि नेपाल चारपटक सेमिफाइलनसम्म पुगिसकेको छ । तर फाइनल यात्रा तय गर्न सकेको छैन ।
यस्तो छ नेपाली टीम :
गोलकिपर – किरण चेम्जोङ
डिफेन्डर – आदित्य चौधरी, अनन्त तामाङ, सुमन अर्याल, दिनेश राजवंशी
मिडफिल्डर – रोहित चन्द, सुजल श्रेष्ठ, निराजन खड्का, सुनिल बल
फरवार्ड - विमल घर्ती मगर, भरत खवास
हेर्नुहोस्, लाइभ :