१८ असार २०८३, बिहीबार

कोरियन एयरका अध्यक्षमाथि केरकार

भदौ २७, २०७५
कोरियन एयरका अध्यक्षमाथि केरकार

सिओल-कोरियन एयरका अध्यक्ष चो याङ–होले आफ्नो निवासको सुरक्षा सेवाका लागि कम्पनीको रकम खर्च गरेको आरोपमा बुधबार प्रहरीले सोधपुछ गरेको छ । 

हान्जिन ग्रुपका अध्यक्ष समेत रहेका चोले प्योङचाङको निजी निवासमा राखिएका सुरक्षागार्डको भुक्तानी कोरियन एयरबाट गरेका थिए । 

सिओल महानगरीय प्रहरीमा उपस्थित भएका चोले संवाददाताहरुसँग आफूले प्रहरीलाई घटनाका बारेमा सबै कुरा बताएको जानकारी दिए । 

यसैवर्ष मात्र विभिन्न घटनामा चो तेस्रोपटक प्रहरीको सोधपुछमा परेका छन् । जुन २८ मा उनी कर छलीको आरोपमा पक्राउ परेका थिए भने जुलाई ७ मा एक अभियोगमा अदालतले सोधपुछ गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्