
काठमाडौं -मुलुकमा हत्या हिंसाको शृंखला दिनहुँजसो बढ्दै छ । हत्यारा पत्ता लाग्ने र दोषीले सजाय पाउने भन्दा पनि हत्यारा नै पत्ता नलाग्ने स्थिति पैदा हुँदा प्रहरी अनुसन्धान फितलो हुँदै गएको छ ।
कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तदेखि पूर्वराजदूत केशव झाको हत्यारा खोज्ने काम जारी छ । तर प्रहरीले भेटेको छैन । अाजकाे राजधानी दैनिकमा विस्तृतमा यसबारे खबर लेखेकाे छ ।