१३ असार २०८३, शनिबार

नेकपा सचिवालय बैठक बस्दै, माधव समूहलाई मिलाउने प्रयास

नेकपा सचिवालय बैठक बस्दै, माधव समूहलाई मिलाउने प्रयास

काठमाडौँ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज पनि बस्दै छ  । बैठकमा  सांगठानिक एकीकरणको कार्यलाई अघि बढाउने विषयमा छलफल हुने बताइएको छ ।  पार्टीभित्र माधव नेपाल समूहले भागबण्डाको विषयमा असन्तुष्टि जनाएसँगै तल्लो तहको पार्टी एकतामा सकस हुँदै आएको छ । 
यसअघि बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा  बसेको  सचिवालय बैठकमा महासचिव विष्णुप्रसाद पौडेलले अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’ले सरसल्लाह र परामर्शअनुसार प्राप्त भएको प्रतिवेदन प्रस्तुत गरेका थिए भने बैठकमा उक्त प्रतिवेदनमाथि छलफल भएको थियो । 

सो बैठकमा अध्यक्ष द्वयले एकीकरणका कार्यलाई सम्पन्न गर्ने नीतिगत मान्यता प्रस्तावित गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 
उनका अनुसार प्रस्तुत मान्यता र मापदण्डमाथि छलफल गर्दै त्यसलाई टुङ्ग्याउने दिशामा अगाडि बढेको छ । 

 जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि तल्लो तहको पार्टी एकता तीन महीनाभित्र गरिसक्ने बताइएको थियो ।    
 

salt training

कमेन्ट गर्नुहोस्