३० जेठ २०८३, शनिबार

इन्द्रावती नदीले बगाउँदा एकजना बेपत्ता

इन्द्रावती नदीले बगाउँदा एकजना बेपत्ता
सा‌ंकेतिक तस्बिर

बनेपा– काभ्रेपलाञ्चोक जिल्ला मण्डन देउपुर नगरपालिका वडा नं ७ स्थित इन्द्रावती नदीले बगाएर आज दिउँसो एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार तेमाल गाउँपालिका वडा नं ४ बोल्दे कल्लेरी घर भएका ५२ वर्षीय रामबहादुर दमाईं खोलामा पौडी खेल्न जाने क्रममा बेपत्ता भएका छन् । दमाईं मण्डन देउपुर नगरपालिका–७ सोदे बस्ने बुद्धिमान राई दनुवारको इँटाभट्टामा काम गर्दै आएका थिए । 

उनकी श्रीमती पम्फा नेपालीले नदीले बगाएर बेपत्ता भएको भन्ने प्रहरीलाई जानकारी दिनासाथ खोजतलास भइरहेको र अहिलेसम्म फेला नपारेको खड्काले बताइन् । यसअघि चौँरी देउराली गाउँपालिका–८ स्थित त्रिवेणी बस्ने शम्भु पहरीको छोरा १४ वर्षीय प्रदीप पहरी र सोही ठाउँका सुनील पहरीका छोरा १८ वर्षीय आशिष पहरी सोमबार पौडी खेल्न जाने क्रममा सुनकोशी नदीले बगाई बेपत्ता भएका थिए । उनीहरु अझैसम्म फेला पार्न नसकेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्