०१ असार २०८३, सोमबार

सुत्केरी महिलाले एक वर्षसम्म बेतलबी बिदा

भदौ २९, २०७५
सुत्केरी महिलाले एक वर्षसम्म बेतलबी बिदा

काठमाडौँ – सुत्केरी महिलाले एक वर्षसम्म बेतलबी बिदा पाउने भएका छन् ।
 संसदको स्वास्थ्य शिक्षा समितिले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफावार छलफलपछि प्रसूति बिदा अपुग भए चिकित्सकको सिफारिसमा बढीमा एक वर्षसम्म बेतलबी बिदा पाउने व्यवस्था गरेको हो ।

समितिले सरकारले ल्याएको विधेयक परिमार्जनसहित सर्वसम्मतिबाट अनुमोदन गरी बिहीबारको संसद् बैठकमा प्रतिवेदन पेस गरेको छ । सुत्केरी हुनुअघि वा पछि कम्तीमा अन्ठानब्बे दिनसम्मको तलबसहितको प्रसूति बिदा पाउने अधिकारसमेत विधेयकमा छ । आजको कान्तिपुर दैनिकमा विस्तृतमा खबर छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्