१२ असार २०८३, शुक्रबार

प्रचण्ड भोलि चीन र ओली ६ गते अमेरिका जाने

प्रचण्ड भोलि चीन र ओली ६ गते अमेरिका जाने
फाइल फोटो

काठमाडौं – भारत भ्रमणबाट फर्किएको एक सातापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि (शनिवार) चीन भ्रमणमा जाने भएका छन् ।

पार्टी एकतापछि प्रचण्डको यो पहिलो चीन भ्रमण हो । 

सरकारले लिएको आर्थिक समृद्धि र विकासको एजेण्डामा छिमेकी मुलुकको सहयोग अभिवृद्धि गर्नु आफ्नो भ्रमणको उद्देश्य रहेको प्रचण्डले बताउँदै आएका छन् ।

चीनमा रहँदा प्रचण्डले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको नेकपा स्रोतले बतायो । 

यसैबीच संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन नेकपाका अर्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली असोज ६ गते अमेरिका जाने भएका छन् । 

असोज ३ मा संविधान दिवस मनाएपछि ओली अमेरिका जाने कार्यक्रम रहेको नेकपा स्रोतले जनायो ।    

यसअघि बिहीवार बसेको नेकपाको केन्द्रीय सचिवालय बैठकले प्रदेश, जिल्ला र जनसंगठनको एकतासम्बन्धी प्रस्ताव तयार गर्ने जिम्मा अध्यक्षद्वयलाई दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्