१९ असार २०८३, शुक्रबार

अमेरिकामा फ्लोरेन्स चक्रवातको प्रकोप

अमेरिकामा फ्लोरेन्स चक्रवातको प्रकोप

काठमाडौं — अमेरिकाको पूर्वी तटमा फ्लोरेन्स चक्रवातका बाहिरी भागले प्रकोप मच्चाउन थालेका छन् ।

अधिकारीहरूले जीवन नै जोखिममा पार्ने आँधीका झड्काले नर्थ र साउथ क्यारोलाइनालाई आक्रान्त पारेका छन् । आँधी १५० किलोमिटर प्रतिघन्टाको गतिले जमीनमा अघि बढिरहेको छ । 

एक लाखभन्दा बढी घरमा बिजुली कटौती भइसकेको छ र मौसम पनि बिग्रेको छ । 

चक्रवातले धेरै मानिसलाई मार्ने सम्भावना रहेको अधिकारीहरूले चेतावनी दिएका छन् । विनाशकारी बाढीको जोखिम उच्च छ । 

नर्थ क्यारोलाइना, साउथ क्यारोलाइना र भर्जिनियामा तटीय क्षेत्रका दश लाखभन्दा बढी मानिसलाई घर छोडेर जान भनिएको छ । 

हजारौंले बिहीवार राति आपतकालीन शिविरमा शरण लिएका छन् । 

राष्ट्रिय चक्रवात केन्द्रले हावाको शक्ति क्रमशः घट्दै गएको भएपनि चक्रवात अहिले पनि अत्यन्तै खतरनाक रहेको बताएको छ । भारी वर्षा र चर्को आँधीको भविष्यवाणी गरिएको छ ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्