३१ जेठ २०८३, आइतबार

ट्रम्पले राष्ट्रपति चुनाव जितेपछि गूगलका मालिक र कर्मचारी दुःखी भएको खुलासा

ट्रम्पले राष्ट्रपति चुनाव जितेपछि गूगलका मालिक र कर्मचारी दुःखी भएको खुलासा

काठमाडौं — डोनल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति भएपछि गूगलका कर्मचारीदेखि लिएर वरिष्ठ कार्यकारीसम्म दुःखी भएको खुलासा भएको छ । 

ब्राइटबार्ट न्युज वेबसाइटले लीक गरेको एक भिडियोमा यो कुरा सार्वजनिक भएको हो । भिडियोमा गूगलका सहसंस्थापक सर्गे ब्रिन भन्छन्, ‘एक आप्रवासी र शरणार्थीका नाताले म यस चुनावलाई दुःखद मान्छु ।’

रिपब्लिकन सांसदहरूले गूगल ट्रम्पलाई नराम्रो देखाउन लागिपरेको आरोप लगाएका छन् । केही अधिकारीहरूले यस विषयमा अनुसन्धान गर्ने सुझाव पनि दिए । 

ट्रम्पका छोरा डोनल्ड ट्रम्प जुनियरले ट्वीट गरे, ‘सर्च गरिने कुरामा गूगलको ९१ प्रतिशत नियन्त्रण रहन्छ । उनीहरू नै मानिसले के हेर्ने भनी निश्चित गर्छन् । यो एकाधिकार नभए के हो ?’

ट्रम्पका अभियान व्यवस्थापक ब्राड पास्कलले भने, ‘यो भिडियोलाई देशविरुद्धको धम्की किन नमान्ने भनी गूगलले स्पष्टीकरण दिनुपर्छ । उनले ट्वीट गर्दै ‘संसदमा सुनुवाइ हुनुपर्छ, अनुसन्धान होस्’ भने ।

एजेन्सी 
 

salt training

कमेन्ट गर्नुहोस्