२३ असार २०८३, मंगलबार

दुई दशकअघि शिलान्यास गरिएको शहीद पार्क निर्माण अलपत्र

दुई दशकअघि शिलान्यास गरिएको शहीद पार्क निर्माण अलपत्र

पशुपतिनगर- एकै ठाउँमा सात प्रजातान्त्रिक योद्धा मारिएको इलामको सन्दकपुर गाउँपालिका–१ स्थित सातखाल्डेमा निर्माण थालिएको शहीद पार्क अलपत्र परेको छ । दुई दशकअघि नै शिलान्यास गरिएको पार्क अहिलेसम्म पूरा भएको छैन । 

तत्कालीन राजा महेन्द्रले बिपी कोइराला नेतृत्वको जननिर्वाचित सरकारलाई अपदस्थ गरेपछि नेपाली काङ्ग्रेसले प्रजातन्त्रका निम्ति शुरु गरेको सशस्त्र सङ्घर्षको क्रममा २०१८ सालमा तत्कालीन सुरक्षाफौजबाट मारिएका सात जना शहीदको स्मृतिमा पार्क निर्माण थाले पनि अधुरै रहेको स्थानीय जीवन सिवाले बताउनुभयो । 

सन्दकपुर गाउँपालिका–१ का डाकमान राई, वीरबहादुर राई, गजबहादुर राई, कर्णबहादुर राई, उदयबहादुर साउदेनलगायतलाई खाल्डो खन्न लगाई त्यहीँ पुरेर हत्या गरिएको थियो । सरकारी तथा निजी गरी तीन रोपनी जग्गामा निर्माण थालिएको पार्क वरिपरि फूलबारी, बगैँचा, चौतारी र बीचमा शहीद स्तम्भ राख्ने योजना थियो । 

salt training

कमेन्ट गर्नुहोस्