काठमाडौं– नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले निर्मला पन्त हत्या प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएका छन् ।
सामाजिक सञ्जाल मार्फत काँग्रेस नेता लेखकले प्रधानमन्त्री ओली र प्रचण्डले झुठ बोलेको भन्दै माफी माग्नुपर्ने बताएका हुन् ।
‘निर्मला पन्त बहिनीको बलात्कार र हत्या प्रसंगमा झुठ्ठा बोल्ने सम्माननीय प्रधानमन्त्री केपी ओली र महिला हिंसा सरकार र पार्टीलाई असफल पर्ने षड्यन्त्र हो कि भन्ने पूर्व प्रधानमन्त्र िमानीय प्रचण्डले सार्वजनिक रुपमा माफी माग्नु पर्छ’ काँग्रेस नेता लेखकले सामाजिक सञ्जालमा लेखेका छन् ।
त्यसअघि बिहीवार लेखकले सामाजिक सञ्जालमा महिला हिंसा सरकार रपार्टीलाई असफल गर्ने नियोजित कार्य वा षड्यन्त्र हुन् कि भन्ने जस्ता अभिव्यक्ति प्रचण्डको मानसिक दरिद्रता भएको आरोप लगाएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जनतासँग प्रधानमन्त्री’ टेलिभिजन कार्यक्रममा प्रधानमन्त्रीले निर्मला पन्तको शवलाई भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टको घरमा, आँगनमा लगेर राजनीति गर्न खोजेको भनेर दिएको अभिव्यक्ति विवादित बनेको हो । स्थानीयका अनुसार शवलाई मेयरको घरमा लगिएको थिएन ।
कञ्चनपुर घटनामा राजनीति भइरहेकोबारे कार्यक्रममा सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले भनेका थिए, ‘पोस्टमार्टम गरेर घरमा लगेको लास, घरबाट उठाएर मेयरको घरमा पुर्याइउनुपर्ने, त्यो के भएको हो रु परिवारले त सद्गत गर्न लैजाँदैथ्यो रु उनीहरूबाट खोसेर मेयरको आँगनमा लानु भनेको के हो रु यसभित्र के छ त रु’ स्थानीयका अनुसार प्रधानमन्त्रीले बोलेको घटनाक्रम महेन्द्रनगरमा भएकै छैन ।
यो पनि पढ्नुहोस्