२२ जेठ २०८३, शुक्रबार

जेफ बेजोसले घरविहीन मानिस र विद्यालयका बच्चाका लागि २ अर्ब डलर दिने

जेफ बेजोसले घरविहीन मानिस र विद्यालयका बच्चाका लागि २ अर्ब डलर दिने

काठमाडौं — अमेजनका सीईओ जेफ बेजोसले घरविहीन मानिस र विद्यालयमा पढ्ने बालबालिकाको सहायताका लागि दुई अर्ब डलर दान दिने भएका छन् ।

यो राशि विद्यार्थीलाई छात्रवृत्ति र अन्य खर्चमा दिइन्छ । 

बेजोस आप्रवासी बालबालिका, क्यान्सर रिसर्च र शिक्षामा पैसा दिइसकेका छन् । अघिल्लो वर्ष उनले निजी सम्पत्तिको प्रयोग कसरी गरौं भनी सुझाव मागेका थिए । सामाजिक कार्यमा कम रकम खर्चेको भनी उनको निन्दा भएको थियो । 

अमेरिकी सांसद बर्नी स्यान्डर्सले अमेजनका वेयरहाउसमा काम गर्ने कर्मचारीको हालतमा चिन्ता व्यक्त गरेका थिए । 

दुई अर्ब डलर दान गरेपनि बेजोस बिल गेट्स र मार्क जुकरबर्गभन्दा निकै पछाडि छन् । जुकरबर्गले फेसबूकमा आफ्नो शेयरको ९९ प्रतिशत रकम दान गर्ने घोषणा गरिसकेका छन् । 

बेजोस संसारका सबभन्दा धनी व्यक्ति हुन् । उनको सम्पत्ति १६४ अर्ब डलर छ । जुकरबर्गको ६४ अर्ब डलरभन्दा यो निकै धेरै हो । 

अमेजनको शेयरमा वृद्धि हुँदा बेजोसको सम्पत्ति नौ महिनामा ६४.५ अर्ब डलर बढेको छ । अमेजन एक ट्रिलियन डलर भएको अमेरिकाको दोस्रो र संसारको तेस्रो कम्पनी बनेको थियो । अमेजनको शेयरले पछिल्लो एक वर्षमा ९९
प्रतिशत रिटर्न दियो ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्