३१ असार २०८३, बुधबार

पत्रकार राजु बस्नेत साधारण तारेखमा रिहा, अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

पत्रकार राजु बस्नेत साधारण तारेखमा रिहा, अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं– समाचार लेखेको विषयमा पक्राउ गरी विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा चलाइएका पत्रकार राजु बस्नेत रिहा भएका छन् । 

जिल्ला अदालत ललितपुरको आदेशअनुसार बस्नेत रिहा भएका हुन् । जिल्ला अदालत ललितपुरले शुक्रवार बस्नेतलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । 

शुक्रवार थुनछेक बहसपछि अदालतले बस्नेतलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । 

बस्नेतको पक्राउविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको बन्दीप्रत्यक्षीकरणको मुद्दामा भने उनलाई अदालतमा उपस्थित गराउन आदेश दिइएको छ । 

सर्वोच्चका न्यायाधीश दीपकराज जोशीको एक इजलाशले पक्राउ गर्नुको कारणसहित बन्दी बस्नेतलाई अदालतमा उपस्थित गराउन सरकारका नाममा आदेश जारी गरेको हो । 

रमिता बस्नेतले दायर गरेको बन्दीप्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गर्दै सर्वोच्चले उक्त आदेश जारी गरेको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्