१० असार २०८३, बुधबार

स्मार्ट लाइसेन्स छाप्न मास प्रिन्टर ल्याइँदै

भदौ ३०, २०७५
स्मार्ट लाइसेन्स छाप्न मास प्रिन्टर ल्याइँदै

काठमाडौँ–यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्स छपाईका लागि मास प्रिन्टर ल्याउने भएको छ । स्मार्ट लाइसेन्सका लागि लामो समय कुर्नुपर्ने समस्या समाधान गर्न विभागले मास प्रिन्टर मेशिन ल्याउन लागेको हो । विभागले मास प्रिन्टर खरिदका लागि बोलपत्र पनि आह्वान गरिसकेकोे छ । विभागका प्रवक्ता गोकर्णप्रसादले उपाध्यायले स्मार्ट लाइसेन्सको समस्या समाधान गर्न एउटा मास प्रिन्टर ल्याउन लागिएको बताए ।

मास प्रिन्टर आएपछि वर्षौदेखि स्मार्ट लाईसेसका लागि सर्वसाधारणले कुर्नु नपर्ने प्रवक्ता उपाध्यायको भनाई थियो । मास प्रिन्टर ल्याउन करिब ३ महिना लाग्नेछ । सो प्रिन्टर मेशिन आएपछि दैनिक १० हजारको हाराहारीमा स्मार्ट लाइसेन्स छाप्न सकिन्छ । अाजकाे राजधानी दैनिकमा खबर छापिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्