
काठमाडौं–अधिकांश मन्त्रीले अपेक्षाअनुसार काम गरेको निष्कर्षमा पुगेका प्रधानमन्त्री केपी ओली डिजिटल सिस्टमबाट उनीहरुको मूल्याङ्कन गर्ने तयारीमा छन् ।
असोजदेखि हरेक महिना कुन मन्त्रालय र मन्त्रीले कति समयमा के कति काम गरे भन्ने मूल्यांकन सफ्टवेयरबाटै हुने भएको हो । अनलाइन मूल्यांकनकै आधारमा मन्त्रीलाई प्रोत्साहन र कारबाही गर्ने योजना ओलीको रहेको छ।
आजको नयाँ पत्रिकामा छापिएको छ–हरेक महिनाको ७ गते मन्त्रीको परीक्षा हुने छ र काम नगर्ने मन्त्री रेड जोनमा पर्छन् ।