१० असार २०८३, बुधबार

नमस्कारै व्यंग्य ठान्छन्, दलित जनप्रतिनिधि

भदौ ३१, २०७५
नमस्कारै व्यंग्य ठान्छन्, दलित जनप्रतिनिधि
दलित अगुवाहरूको एक कार्यशालामा दलित वडा सदस्यदेखि उपप्रमुख वेदना सुनाउँदै

कालिकोट–स्थानीय सरकार गठन भएको डेढ वर्ष पुग्न लाग्दा पनि जननिर्वाचित दलित प्रतिनिधिहरूको व्यथा भने उस्तै छ । जनप्रतिनिधि बन्नुअघि उनीहरूले समाजमा जे जस्ता समस्या भोगिरहेका थिए, त्यसमा कत्ति पनि परिवर्तन आउन नसकेको उनीहरूको अनुभव छ । आफूजस्तै अन्य जनप्रतिनिधिको गाउँमा छुट्टै सम्मान प्रत्यक्ष देखेका उनीहरूलाई जनप्रतिनिधिबीच नै गरिएको विभेदले नरमाइलो अनुभव सँगाल्न बाध्य बनाइरहेको छ ।
आफूहरूले जनताको सेवामा काम गर्ने गरेको भए पनि गैरदलितबाट सम्मान नपाएको उनीहरूको अनुभव छ । कसैले आफूहरूलाई नमस्कार गरे पनि व्यंग्य मिश्रित हुने गरेको दलित जनप्रतिनिधिको अनुभव छ । राजधानी दैनिकमा विस्र्तत खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्