
हुम्ला– सुख्खा पहिरोमा पुरिएर हुम्लाको चंखेली गाउँपालिका– ५ नेक्पामा दुईजनाको मृत्यु भएको छ । अन्य ४ जना घाइते भएका छन् । शनिवार दिउसो नेक्पा गाउँको पोरी भन्ने ठाँउमा पहिरो गएको हो ।
केही बालबालिकाले दाउरा र खाबु (फल) टिपी रहेको स्थानमा माथिबाट एक्कासी पहिरो खसेको हो । पहिरोमा परि चंखेली गाउँपालिका वडा नम्बर ५ की २१ वर्षीया बसन्ती तामाङ र १३ वर्षीया अनिता तामाङको घटना स्थल मै मृत्यु भएको छ ।
वर्ष ११ की अस्मिता तामाङ, वर्ष ९ की बिनिता तामाङ, वर्ष ११ का हेमन्त तामाङ र र वर्ष ८ का युकेश तामाङ घाइते भएका छन् । घाइतेको नेपालगंज उपचार भइरहेको छ ।