०४ असार २०८३, बिहीबार

पहिरोमा पुरिएर दुई मजदुरको मृत्यु

पहिरोमा पुरिएर दुई मजदुरको मृत्यु
सन्दर्भ तस्वीर

रसुवा— रसुवाको गोसाइाकुण्ड गाउँपालिका–१ स्थित रसुवागढी जलविद्युत आयोजना नजिकै पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । शनिबार राति करिब ९ बजे खसेको पहिरोमा पुरिएर रसुवागढी जलविद्युत आयोजनामा काम गर्ने दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका– ११ का २२ वर्षीय रमेश कप्रोला र रुकुमको भूमे गाउँपालिका–९ का ५० वर्षीय भीम रोका छन् । पहिरोमा परी नौ जना घाइते भएका छन् । गम्भिर घाइते हुनेमा चिनियाँ नागरिक एमआर इथ्यो, रुकुम जिल्ला भूमे गाउँपालिका–२ का ३० वर्षीय टेकमान बुढा र जगदीश रोका, कृष्णपुर नगरपालिका–१ का ३० वर्षीय प्रकाश भट्ट रहेका छन् । 

गम्भिर घाइते भएका चारै जनालाई उपचारका लागि काठमाडौं लगिएको छ । अन्य ५ जनाको चिनियाँ क्याम्प टिमुरेमा नै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्