काठमाडौं–नेपालको बैंकिङ प्रणालीमा रहेका प्रतिबन्धित भारतीय नोट साट्ने बिषयमा नेकपाका सांसद नवराज सिलवालले ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको आइतवार बसेको बैठकको शून्य समयमा सांसद सिलवालले नेपालमा रहेका भारतीय नोट साटने बिषयमा अर्थमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
ʻभारत सरकारले नोभेम्वर २०१६ मा हजार र ५ सयका नोट प्रतिवन्ध लगाएको मा ९९.३ प्रतिशत नोट फिर्ता भएको भारतीय रिजर्भ बैंकले विज्ञप्ति मार्फत जनाएको छʼसिलवालले भने, ʻनेपालका बैकमा रहेका ८ करोड साटिँएका छैनन् । भुटानका बैंकका नोट साटेको छ । यसमा अर्थमन्त्रालयले भारत सरकारसंग राम्रोसंग कुरा नगरेको हो कि, भारतले नमानेको हो ?ʼ
नेपालमा रहेका नोट नसाटिँदा चिसोपना र मन दुखिरहेको भन्दै उनले यस बिषयलाई गम्भीरता साथ उठाउन माग गरे ।