२२ जेठ २०८३, शुक्रबार

ब्रेग्जिट विवादबीच नेतृत्व परिवर्तनको आशंकाले चिन्तित प्रधानमन्त्री मे

ब्रेग्जिट विवादबीच नेतृत्व परिवर्तनको आशंकाले चिन्तित प्रधानमन्त्री मे

काठमाडौं — बेलायतकी प्रधानमन्त्री टेरिजा मेले शनिवार पूर्व परराष्ट्रमन्त्री बोरिस जोनसोनको आलोचना गर्दै नेतृत्वमा प्रतिस्पर्धा सम्बन्धी अनुमानहरूका कारण आफू चिन्तित रहेको बताएकी छन् । 

उनले आफ्नो भविष्यभन्दा पनि ब्रेग्जिट सम्झौतामा ध्यान केन्द्रित गरिरहेको उनलाई भेटेका एक कन्जर्भेटिभ नेताले बताए । 

युरोपेली संघबाट बेलायत अलग्गिनका लागि ६ महिना बाँकी छ । 

यसबीचमा पूर्णतः अनुचित भाषा बोलेको भन्दै मे जोनसोनमाथि खनिएकी छन् । जोनसोनले ब्रेग्जिटसम्बन्धी मेको योजना बेलायतका लागि आत्मघाती भएको बताएका थिए । 

पदमा कायम रहने विषयमा उनको योजनाका बारेमा प्रश्न गर्दा मेले भनिन्, ‘म अलिक चिन्तित छु । यो चर्चा मेरो भविष्यका लागि भन्दा पनि बेलायतीहरू र बेलायतको भविष्यका बारेमा हो । म अहिले यसैमा ध्यान केन्द्रित गरिरहेको छु
र हामी सबैले त्यसै गर्नुपर्छ ।’

युरोपेली संघसँग राम्रो सम्झौता गरेर बेलायतीहरूलाई फाइदा गराउनु महत्त्वपूर्ण रहेको उनले बताइन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्