१५ असार २०८३, सोमबार

बौद्ध भिक्षुले यौन शोषण गर्ने कुरा पहिल्यैदेखि थाहा थियो : दलाई लामा

बौद्ध भिक्षुले यौन शोषण गर्ने कुरा पहिल्यैदेखि थाहा थियो : दलाई लामा

काठमाडौं – तिब्बती धर्मगुरु दलाई लामाले बौद्ध शिक्षकद्वारा यौन उत्पीडन गर्ने गरेको जानकारी सन् १९९० देखि नै थाहा पाएको र यो नयाँ आरोप नभएको बताएका छन् । 

दलाई लामाले नेदरल्यान्ड्सको चारदिने यात्राका क्रममा यो कुरा बताएका हुन् । बौद्ध शिक्षकले यौन शोषण गरेका मानिसलाई भेटेपछि उनले त्यसो भनेका हुन् । 

उनलाई यौन उत्पीडनका पीडितहरूले निवेदन दिएर भेट्न खोजेका थिए । 

पीडितहरूले आफूहरूमाथि शोषण गरिएको बताए । दलाई लामाले शनिवार राति सरकारी टीभी च्यानल एओएसमा प्रतिक्रिया दिँदै भने, ʻमलाई यसबारेमा थाहा छ र यसमा नयाँ केही थिएन । पच्चीस वर्षअघि कसैले उत्तर भारतमा
रहेको धर्मशालामा पश्चिमी बौद्ध शिक्षकको सम्मेलनमा यौन उत्पीडनको आरोपका बारेमा बताएका थिए । यौन शोषण गर्ने मानिसलाई बौद्ध शिक्षाको मतलब छैन ।ʼ

salt training

कमेन्ट गर्नुहोस्