
काठमाडौं – मेक्सिको सिटीको एक पर्यटन केन्द्रमा केही बन्दूकधारीहरूले गोलीकाण्ड मच्चाउँदा कम्तीमा चारजनाको मृत्यु भएको छ । घटनामा नौजना घाइते भएका छन् ।
प्रहरीले मरियाची संगीतकारको पोशाक लगाएका तीन मानिसले घटना गराएको बतायो । आक्रमणकारीलाई समात्न कोशिश गरेको भएपनि उनीहरू भाग्न सफल भएको प्रहरीको भनाइ छ ।
एजेन्सी