२९ जेठ २०८३, शुक्रबार

सञ्चारिका समूहको अध्यक्षमा कान्तिपुर टिभीकी पण्डित निर्वाचित

सञ्चारिका समूहको अध्यक्षमा कान्तिपुर टिभीकी पण्डित निर्वाचित

काठमाडौं – सञ्चारिका समूहको अध्यक्षमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार नितु पण्डित निर्वाचित भएकी छन् ।

प्रज्ञा प्रतिष्ठानमा आइतबार भएकोे सातौं महाधिवेशनबाट सर्वसम्मतिबाट पण्डित  निर्वाचित भएकी हुन् ।

यस्तै उपाध्यक्षमा कमला पन्थी, महासचिवमा विमला तुम्खेवा, सचिवमा यशोधा अधिकारी र कोषध्यक्षमा सीमा शर्मा चयन भएका छन् । 

समूहको कार्यसमितिमा कृति भट्टराई, कविता थापा, दुर्गा कार्की र वसन्ती बास्तोला लगायत छन् ।

सञ्चारिका समूहको विधानअनुसार उनीहरूको कार्यकाल तीन वर्षको हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्