३० जेठ २०८३, शनिबार

अस्ट्रेलियामा ५.६ म्याग्निच्युडको भूकम्प

अस्ट्रेलियामा ५.६ म्याग्निच्युडको भूकम्प

काठमाडौं – पश्चिम अस्ट्रेलियाको दक्षिणपश्चिम क्षेत्रमा आइतवार ५.६ म्याग्निच्युडको भूकम्प आएको छ । 

जोइन्ट अस्ट्रेलियन सुनामी वार्निङ सेन्टरले स्थानीय समयअनुसार दिउँसो १ बजे भूकम्प पत्ता लगाएको थियो । 

भूकम्पको केन्द्रविन्दु लेक मुइर रहेको र पर्थको महानगरीय इलाकामा भूकम्पको झड्का अनुभव गरिएको पश्चिम अस्ट्रेलिया मौसम ब्युरोले बतायो । 

अस्ट्रेलियाको मुख्यभूमि, टापु वा भूभागमा सुनामीको खतरा नरहेको सेन्टरले जनायो । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्