०१ असार २०८३, सोमबार

भूपू प्रहरी बहालवाला प्रहरीको फन्दामा

भदौ ३१, २०७५
भूपू प्रहरी बहालवाला प्रहरीको फन्दामा

दाङ– प्रहरीमा जागीर लगाइदिन्छु भन्दै ठगी गर्ने एक भूपू प्रहरी प्रहरीको फन्दामा परेका छन् । 

दाङ जिल्लाको घोराही बजारमा मेट्रो सिटी सेक्युरिटी कम्पनी सञ्चालन गर्दै आइरहेका भूतपूर्व प्रहरी कालीबहादुर लामालाई प्रक्राउ गरी आज सार्वजनिक गरिएको हो । 

दोलखा भीमेश्वर नगरपालिका–२ चरिकोट घर भई काठमाडौँ पेप्सीखोला बस्दै आएका ५१ वर्षीय लामालाई काठमाडौँबाट दाङ प्रहरीसहित सीआईबीको टोलीले पक्राउ गरेको हो । अभियुक्त लामाले करीब ६०÷७० जनासँग जनही रु दुई लाख ५० हजारसम्म लिएको खुल्न आएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख कृष्णहरि शर्माका अनुसार सल्यान शारदा नगरपालिका–३ वडाखोलाका २० वर्षीय भीमसेन भण्डारीले प्रहरीमा उजुरी दिएपछि अभियुक्त लामाले गरेको गतिविधि खुल्न आएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्