
म्याग्दी- म्याग्दीको मङ्गलागाउँपालिका–३ बरङ्जामा रु डेढ करोडभन्दा बढीको लागतमा स्वास्थ्यचौकीको भवन निर्माण भएको छ । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले सुविधा सम्पन्न भवन निर्माण गरेपछि स्वास्थ्यचौकीको सेवाप्रवाहमा सहजता र सुधार हुने अपेक्षा गरिएको छ ।
विसं २०७२ देखि शुरु भएको भवन निर्माण कार्य हालै सकिएको स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका वडाअध्यक्षक बिन्द्र रोकाले बताउनुभयो । भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन निर्माणका लागि रु एक करोड ६९ लाखमा वल्ड वाइड भगवती मालीका जेभीले ठेक्का लिएको थियो ।
सदरमुकामस्थित बेनी अस्पतालको ५० श्यया क्षमताको भवन निर्माणाधीन अवस्थामा छ ।