२३ जेठ २०८३, शनिबार

विद्यालय कर्मचारीहरू आन्दोलित

विद्यालय कर्मचारीहरू आन्दोलित

बाँके-  बाँकेका विद्यालय कर्मचारीहरु आन्दोलित भएका छन् । लामो समयदेखि विद्यालय कर्मचारीमाथि चरम शोषण र दमनमा भइरहेको भन्दै उनीहरुले जिल्ला प्रशासन र जिल्ला शिक्षा विकास तथा समन्य इकाई बाँकेमा ज्ञापन पत्र बुझाएका छन् । 

विद्यालय कर्मचारी संयुक्त आन्दोलन परिचालन समितीका बाँके संयोजक विरेन्द्र यादवले जिल्लाका विद्यालयमा कर्मचारीहरूको चरम शोषण भइरहेको बताए । सर्वाेच्च अदालतले २०६७ सालमा विद्यालय कर्मचारीहरुको सेवा, सर्त र सुविधा निश्चित गरी सेवा कानून बनाइ लागू गर्नु भनि दिएको आदेश कार्यान्वयन नभएको र शिक्षा ऐनमा कर्मचारीहरुलाई झुक्याउने गरि अस्पष्ट व्यवस्था गरिएको भन्दै आन्दोलन सुरु गरिएको यादवको भनाइ छ । 

आन्दोलनका केन्द्रिय कार्यक्रमअनुसार उनीहरुले माग पुरा गराउन कालोपट्टि बाँधेर काम गर्नेदेखि काठमाडौमा रिले अनसनसम्मका कार्यक्रम तय भएको बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्