
काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेड र न्यूरो कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटल विराटनगरबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधामा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले द्विपक्षीय सम्झौता गरेको हो ।
सम्भौता पत्रमा न्यूरो कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटलका सञ्चालन निर्देशक राजेश भट्टराई र ग्लोबल आईएमई बैंक विराटनगरको शाखा प्रबन्धक शशीशेखर शर्माले हस्ताक्षर गरेका हुन् ।
ग्लोबल आईएमई बैंकले आफ्ना ग्राहकलाई बैंकिङ सेवाको अतिरिक्त अन्य सुविधा प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजना ल्याइरहेको छ ।
सम्झौतापश्चात् न्यूरो कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटल विराटनगरमा उपचार गराउँदा ग्लोबल आईएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक, ग्लोबल आईएमई बैंकका कर्मचारी तथा ग्राहकका परिवारजनले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउने छन् ।
ग्लोबल आईएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले १ सय ३२ शाखा, १ सय ३७ एटीएम, ५ एक्सटेन्सन काउन्टर, १५ राजस्व संकलन काउन्टर, १ सय २ शाखारहित बैंकिङ सेवा र देशबाहिर ३ प्रतिनिधि सम्पर्क कार्यालयमार्फत् ९ लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले अत्याधुनिक प्रविधियुुक्त भाइबर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा अस्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि सम्पर्क कार्यालय स्थापना गरेर ती देशमा रहेका नेपालीलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, यूएई, बहराइन, जोर्डन, अस्टे«लिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।