०६ असार २०८३, शनिबार

पेट्रोल ३५ रुपैयाँ लिटरमा बेच्न चाहन्छन् बाबा रामदेव, सरकारसँग मागे अनुमति

पेट्रोल ३५ रुपैयाँ लिटरमा बेच्न चाहन्छन्  बाबा रामदेव, सरकारसँग मागे अनुमति

योग गुरु बाबा रामदेवले सरकारले अनुमति दिए ३५ देखि ४० रुपैयाँ लिटरमा पेट्रोल र डिजेल बेच्न सकिने बताएका छन् ।

भारतमा एक लिटर पेट्रोलको ९० भारतीय रुपैयाँ रहेको छ । बाबा रामदेवले ३५ देखि ४० रुपैयाँमा पेट्रोल डिजेल बेच्न सक्ने बताएका हुन् । 

पेट्रोल डिजेलमा लाग्ने करलाई घटाएर डिजेल पेट्रोलको मूल्य कम गर्न सकिने रामदेवको भनाइ छ । उनले तलमा पाँच प्रतिशत मात्र कर लगाउन सरकारसँग आग्रह गरेका छन् । 

बाबा रामदेवले वर्तमान समयमा पेट्रोल डिजेलको मूल्यले आम सर्वसाधारणको खल्तीलाई खाली गर्ने काम गरिरहेको भन्दै २८ प्रतिशतको करको स्यावबाट नहटाएसम्म पेट्रोल डिजेलले आम मानिसलाई राहत नदिने उनको भनाइ छ । 

बाबा रामदेवले यदी पेट्रोल डिजेल माथि ट्याक्स कम गर्नाले सरकारको राजश्वमा नोक्सान पुग्छ भने धनीहरुमाथि थप कर लगाउन सुझाव दिए । 

देशमा लगातार बढीरहेको तेलको मूल्यका कारण मोदी सरकारको आलोचना भइरहेको छ । डलरको भाउँ बढ्दा तेलको मूल्य बढेको मोदी सरकारले बताउँदै आएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्