
विराटनगर – काठमाडौंबाट उड्ने बेला चरा ठाेक्किएकाे सौर्य एयरलाइन्सको जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ ।
काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट उड्दै गरेको जहाजमा चरा ठोक्किएको थियो । चालकले जहाज ल्याण्ड नगरी सिधै विराटनगर लगेका थिए ।
यात्रुहरूले जहाज अवतरण गर्ने बेलामा ठूलो आवाज आएको बताएका छन् । जहाज ल्याण्ड गर्ने बेला यात्रुहरू अात्तिएका थिए ।
दाहिने इन्जिनमा चरा ठोक्किएका कारण जहाजकाे पंखामा नै क्षति पुगेको छ ।
जहाजमा चरा ठोक्किएपछि पंखामा क्षती पुगेकोले जहाज उडान गर्न नसक्ने अवस्थामा पुगेको सौर्य एयरलाइन्सका विराटनगर स्टेसन प्रमुख प्रकाश पौडेलले जानकारी दिए ।
उनले यात्रुको सुरक्षाको कारणले जहाज उडाउन नसकिने बताए ।
जहाजमा चरा ठोक्किएको धेरै समयपछि विराटनगर ल्याण्ड गर्नै लाग्दा कन्ट्रोल टावरले विमानमा खराबी आएको जानकारी गराएपछि मात्र विमान चालकले समस्याको बारेमा जानकारी पाएका थिए ।
विमान २ दिनका लागि विराटनगरमै ग्राउण्डेड गरिएको र पूर्णरूपमा तयार भएपछि नियमित उडान गरिने विराटनगर स्टेसन प्रमुख पौडेलले बताए ।
यसअघि पनि चराकै कारण धेरै जहाजहरू दुर्घटनाको जोखिममा परेका थिए ।