२२ जेठ २०८३, शुक्रबार

ठूलो दुर्घटनाबाट जोगियो सौर्य एयरलाइन्सको जहाज, चरा ठोक्किएपछि विराटनगरमा ग्राउन्डेड

ठूलो दुर्घटनाबाट जोगियो सौर्य एयरलाइन्सको जहाज, चरा ठोक्किएपछि विराटनगरमा ग्राउन्डेड

विराटनगर – काठमाडौंबाट उड्ने बेला चरा ठाेक्किएकाे सौर्य एयरलाइन्सको जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ ।

काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट उड्दै गरेको जहाजमा चरा ठोक्किएको थियो । चालकले जहाज ल्याण्ड नगरी सिधै विराटनगर लगेका थिए ।

यात्रुहरूले जहाज अवतरण गर्ने बेलामा ठूलो आवाज आएको बताएका छन्  । जहाज ल्याण्ड गर्ने बेला यात्रुहरू अात्तिएका थिए । 

दाहिने इन्जिनमा चरा ठोक्किएका कारण जहाजकाे पंखामा नै क्षति पुगेको छ ।

जहाजमा चरा ठोक्किएपछि पंखामा क्षती पुगेकोले जहाज उडान गर्न नसक्ने अवस्थामा पुगेको सौर्य एयरलाइन्सका विराटनगर स्टेसन प्रमुख प्रकाश पौडेलले जानकारी दिए ।

उनले यात्रुको सुरक्षाको कारणले जहाज उडाउन नसकिने बताए ।

जहाजमा चरा ठोक्किएको धेरै समयपछि विराटनगर ल्याण्ड गर्नै लाग्दा कन्ट्रोल टावरले विमानमा खराबी आएको जानकारी गराएपछि मात्र विमान चालकले समस्याको बारेमा जानकारी पाएका थिए ।

विमान २ दिनका लागि विराटनगरमै ग्राउण्डेड गरिएको र पूर्णरूपमा तयार भएपछि नियमित उडान गरिने विराटनगर स्टेसन प्रमुख पौडेलले बताए ।

यसअघि पनि चराकै कारण धेरै जहाजहरू दुर्घटनाको जोखिममा परेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्