२७ जेठ २०८३, बुधबार

पाकिस्तानकी मन्त्री कार्यालय समयमै सुतिन्, भयो बेइज्जती

पाकिस्तानकी मन्त्री कार्यालय समयमै सुतिन्, भयो बेइज्जती

काठमाडौं — पाकिस्तानको नयाँ सरकार बनेको धेरै भएको छैन तर एक मन्त्रीले बेइज्जती गराइसकेकी छन् । मानवअधिकार मन्त्री शिरीन मजारीलाई हालै कार्यालयको कुर्सीमै सुतिरहेको अवस्थामा भेटिएपछि उनको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको थियो । 

मजारीको तस्वीर हेरेर मानिसहरू उनको आलोचना गरिरहेका छन् । एक प्रयोगकर्ताले लेखे, ‘सबै मानवअधिकार सुनिश्चित गरेपछि पक्कै थाकेकी होलिन् ।’

मन्त्री हुनुअघि मजारी इन्स्टिच्युट अफ स्ट्राटेजिक स्टडीजमा डाइरेक्टर जनरल थिइन् । यो रक्षा मामिलाको एक थिंक ट्यांक हो । उनी इस्लामाबादस्थित कायदे आजम विश्वविद्यालयमा प्राध्यापक पनि रहिसकेकी छन् ।

एजेन्सी 

salt training

कमेन्ट गर्नुहोस्