
काठमाडौं — संसारको प्रख्यात म्यागजिन अमेरिकी मिडिया मेरेडिथ कोरले बेचेको छ । मेरेडिथ कर्पोरेसनले आइतवार यसबारेमा घोषणा गर्दै सेल्सफोर्सका सहसंस्थापक मार्क बेनोफ र उनकी पत्नी यस म्यागजिनको मालिक हुनेछन् ।
टाइम म्यागजिनको बिक्री सम्झौता २० अर्ब रुपैयाँमा भएको हो । यसलाई किन्ने बेनोफ दम्पती क्लाउड कम्प्युटिङ कम्पनी सेल्फफोर्सका सहसंस्थापक हुन् ।
तर बेनोफ दम्पतीले यो निजी खरिदका रूपमा लिएको बताएका छन् । सेल्सफोर्ससँग यसको कुनै सम्बन्ध नरहेको उनीहरूको भनाइ छ ।
उनीहरू टाइम म्यागजिनको दैनिक पत्रकारितासम्बन्धी कार्य र फैसलामा भाग नलिने मेरेडिथले घोषणा गरेको छ । यस्ता फैसला टाइमको बहालवाला कार्यकारी नेतृत्वले नै लिनेछ ।
एजेन्सी