१० असार २०८३, बुधबार

ट्याक्सी चालक राजकुमारको मृत्यु : यौन सम्बन्ध विवादका कारण !

कात्तिक २०, २०७४
ट्याक्सी चालक राजकुमारको मृत्यु : यौन सम्बन्ध विवादका कारण !
काठमाडौं, २९ मंसिर — काठमाडौंको बौद्ध नयाँबस्तीमा मंसिर २५ गते भएको ट्याक्सीचालक राजकुमार लामाको मृत्यु यौन सम्पर्क सम्बन्धी विवादका कारण भएको खुलेको छ । प्रहरीले उनको मृत्यु सम्बन्धी सम्पूर्ण घटना विवरण सार्वजनिक गरेसँगै उनको मृत्यु यौन सम्बन्धी विवादले भएको खुल्न आएको हो ।

काठमाडौं गोकर्णेश्वरको हेलम्बु रेष्टुरेन्टको अन्डरग्राउन्डमा अचेत अवस्थामा फेला परेका दोलखाका ३६ वर्षीय लामालाई प्रहरीले त्यहाँबाट उठाएर अस्पताल लगेको थियो । तर अस्पताल पु—याउँदा उनको मृत्यु भइसकेको थियो ।
घटना गएको मंसिर २५ गते रातिको हो । ट्याक्सी ड्राइभरले संगीता राईले सञ्चालन गरेको हेलम्बु रेष्टुरेन्टमा पुगेर तोङ्बा खाएका थिए । शुरूमा तोङ्बा मात्रै खाएर हिँडेका लामालाई रेष्टुरेन्टमा देखेका महिला÷युवतीको यादले साह्रै नै सतायो ।

फेरि एक चरण मदिरा थप्नको लागि उनी सोही रेष्टुरेन्टमा पुगे । उनले रेस्टुरेन्ट सञ्चालिका राईसँग बसेर मदिरा पिए । सोही क्रममा त्यो रेस्टुरेन्टमा काम गर्ने काभ्रेकी माया तामाङसँग परिचय भयो । उनीहरू तीनजनाले नै मात्ने गरेर मदिरा पिए । तर लामा चाहिँ तामाङसँग सल्किए ।

लामा - तामाङ ‘लभ स्टोरी’
प्रहरी अनुसन्धान भन्छ - त्यसपछि होटलमा काम गर्ने ती युवती र लामाका बीचमा शारीरिक आकर्षणको ‘लभ स्टोरी’ शुरू भयो । दोस्रोपटक मदिरा पिउन आएका लामाले उनीहरूसँग रुस्लान भोड्का पिए ।
मदिराले मात्तिएका लामाले तामाङलाई दोहोरी साँझ जानको लागि धेरै अनुरोध गरे । उनले साह्रै करकाप गरेपछि माया राजकुमारसँगै दोहोरी साँझ रेस्टुरेन्ट जान भनेर निस्किएकी थिइन् ।
मृतक लामा

उनीहरू बा २ ज २२३ नम्बरको ट्याक्सी चढेर दोहोरी साँझ रेस्टुरेन्टतर्फ लागेका थिए, तर गौरीघाट नपुग्दै नयाँबस्तीमा ट्याक्सी बाटोमा फस्यो । सो ट्याक्सी बाटोमा फसेपछि उनीहरू अर्को ट्याक्सी चढेर मायाले काम गर्ने अघिकै रेस्टुरेन्टमा फिर्ता भएका थिए ।

फर्किंदा सबैजना रेष्टुरेन्ट बन्द गरेर सुतिसकेको हुँदा उनीहरू त्यही रेस्टुरेन्टको अन्डरग्राउन्डमा सुतेका थिए । त्यही बेला नै उनीहरू बीच शारीरिक सम्पर्क भएको प्रहरी अनुसन्धानले खुलाएको छ । ‘राजकुमारले शारीरिक सम्पर्कका लागि आफूले पैसा दिएको कुरा व्यक्त गरेका थिए, तर मायाले आफूले सो पैसा नपाएको बताइन्,’ प्रहरी अनुसन्धान भन्छ ।

पहिलोपटक त उनीहरू बीचमा शारीरिक सम्पर्क भयो अनि फेरि राजकुमारले मायासँग शारीरिक सम्पर्कको लागि अनुरोध गरे । तर मायाले मानिनन् । राजकुमारले साह्रै नै कर गरिहेका थिए । मायाले मदिराले लठ्ठिएका राजकुमारलाई घचेटेर अलि पर पु-याइदिइन् । त्यसपछि राजकुमार भुइँमा लडे ।

राजकुमार त्यसपछि लडेको ठाउँबाट उठ्न सकेनन् । त्यतिबेलासम्ममा रेस्टुरेन्ट सञ्चालिका संगीताका भाइ मागधनले थाहा पाइसकेका रहेछन् । प्रहरीका अनुसार उनी काठमाडौंमा घर बनाउने काम गर्थे भने खाने बस्ने काम चाहिँ दिदीकोमा नै गर्थे । त्यसपछि मागधनले राजकुमारको टाउको नजिकै पर्खालमा रहेको इँटा उठाएर हिर्काएका थिए ।

राजकुमार भुइँमा लडिरहे । यत्तिकैमा बिहान भयो । सञ्चालिका संगीताका छोरा अरुणले होटलनजिकै मान्छे लडेको थाहा भएपछि आमालाई खबर गरे । संगीताले प्रहरी बोलाइन् । राजकुमारलाई त्यहाँबाट प्रहरीले उठायो । अस्पताल पु-याउँदा राजकुमारको मृत्यु भइसकेको रहेछ ।

प्रहरी हिरासतमा राजकुमारको निधन भएको भन्दै स्थानीयले जोरपाटीको प्रहरी बिट जलाएका थिए । तर प्रहरीले राजकुमारको मृत्युको कारण भने अर्कै रहेको सार्वजनिक गरेको छ । प्रहरीका अनुसार घटनामा संलग्न पाँचजना पक्राउ परेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्