११ असार २०८३, बिहीबार

प्रदेश नम्बर ७  : निर्मला पन्तको हत्यारा पक्राउ गर्न किन ढिलाई ?

प्रदेश नम्बर ७  : निर्मला पन्तको हत्यारा पक्राउ गर्न किन ढिलाई ?

धनगढी– प्रदेश नं ७ प्रदेशसभाको आजको बैठकमा समय माग गरेर बोल्ने अधिकांश प्रदेशसभा सदस्यले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या घटनाको यथाशीघ्र छानबिन गरी दोषीलाई कारवाही गर्न सदन र सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले हत्यारालाई पक्राउ गरेर कानुनी दायरामा ल्याउन ढिलाई भइरहेको भन्दै असन्तुष्टि समेत जनाए । 

पछिल्लो केही समययता बढ्दै गएका हत्या, हिंसा, बलात्कार जस्ता अपराधका घटनाले जनतामा त्रास फैलिएको भन्दै उनहरुले शान्तिसुरक्षाको सुदृढ व्यवस्था गर्न माग पनि गरे । 

कैलालीमा निर्माण भएको हुलाकी सडक ठाउँठाउँमा भत्किने क्रम शुरु भएकाले त्यसको मर्मत गर्न, अछाममा भएको बाढी र पहिरोको समस्याबाट पीडितलाई राहतको व्यवस्था गर्नसमेत उनीहरुले माग गरे ।

यसरी माग गर्नेहरुमा सुशीला बुढाथोकी, लालबहादुर खड्का, हर्कबहादुर कुँवर, रतन थापा र गोविन्दराज बोहरा छन् । 

‘प्रदेश नं ७ को सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ लाई दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले बैठकले स्वीकृत गरेको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्