२२ जेठ २०८३, शुक्रबार

एसियन पारा खेलकुदमा ४१ देश सहभागी हुने

एसियन पारा खेलकुदमा ४१ देश सहभागी हुने

जाकार्ता- इन्डोनेसियाको जाकार्तामा हुने एसियन पारा खेलकुद प्रतियोगितामा ४१ ओटा देशले सहभागीता जनाउने निश्चित भएको छ । 
मुल आयोजक समितिका प्रमुख राजा सप्त ओक्तोहरीले दिएको जानकारी अनुसार ती देशहरुबाट कुल २८ सय ८० खेलाडीहरु सहभागी हुनेछन् । 
आउदो अक्टोबर ६ तारिख देखि १३ तारिख सम्म एसियन पारा खेलकुद हुने यसअघि नै तय भइसकेको थियो । 
उद्घाटन समारोहमा इन्डोनेसियाका मानवीय पक्षका संस्कृतिहरुलाई मुख्य बनाएर विभिन्न कार्यक्रमहरु प्रदर्शन गरिने भएको छ । 
कार्यक्रम तथा प्रतियोगिता आयोजना गर्न इन्डोनेसियाका जनताले आफुहरुलाई धेरै सहयोग गरेको मुल समितिका प्रमुख ओक्तोहरीले बताउनुभयो । 
उहाँले भन्नुभयो, “आशा छ, हामीले प्रतियोगिता भव्यताका साथ सम्पन्न गर्नेछौँ, हामीलाई आम जनताको थप सहयोग र समर्थन रहनेछ ।” 
उहाँले यस प्रतियोगिताले इन्डोनेसियाको इतिहासमा नयाँ परिचय थप्ने दावी पनि गर्नुभयो । 

salt training

कमेन्ट गर्नुहोस्