२३ असार २०८३, मंगलबार

मदिरा सेवनबाट मलेशियामा चार नेपालीको मृत्यु भएको पुष्टि

मदिरा सेवनबाट मलेशियामा चार नेपालीको मृत्यु भएको पुष्टि

काठमाडौँ–वैदेशिक रोजगारीका क्रममा मलेशियामा रहेका चार नेपालीको विषाक्त मदिरा सेवनबाट मृत्यु भएको छ । 

मलेशियाको सेलेङगर राज्यमा रोजगारीका क्रममा रहेका विशाल बुढाथोकी, सञ्जय उराव र नाम खुल्न नसकेका अन्य दुई नेपालीको विषाक्त मदिरा सेवनका कारण मृत्यु भएको पुष्टि भएको मलेशियाका लागि कार्यवाहक नेपाली राजदूत कुमारराज खरेलले जानकारी दिए । 

विषाक्त मदिरा सेवनकै कारण गम्भीर बिरामी परेका ११ नेपालीको स्थानीय अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिए । उनीहरुको स्थानीय सुनगाई अस्पताल, काजाङ अस्पताल र ब्यान्टिङ अस्पतलमा उपचार भइरहेको बताइएको छ । 

विषाक्त मदिरा सेवनबाट हालसम्म १५ जनाको मृत्यु भइसकेको मलेशियाका सञ्चारमाध्यमले जनाएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्