११ असार २०८३, बिहीबार

अफगान युद्धमा अमेरिकाले बाेलेको झूटकाे पर्दाफास

असोज २, २०७५
अफगान युद्धमा अमेरिकाले बाेलेको झूटकाे पर्दाफास

काठमाडौं — अफगानिस्तानलाई तालिबानबाट मुक्त गराउनका लागि अमेरिकाले ठूलै सैन्य अभियान चलाएको भएपनि सफलता प्राप्त गर्न सकेको छैन । 

सन् २०१४ मा अमेरिकाले अफगानिस्तानबाट सैनिक फिर्ता बोलाउँदा प्रश्नहरू उठेका थिए । अमेरिकाको उक्त निर्णय मानवीय आधारमा थियो कि त्यस क्षेत्रमा तालिबानको प्रभाव सकिएको आधारमा थियो ?

विगत केही समययता तालिबानले अफगानिस्तानमा ठूला आक्रमण गरेको छ । सोमवार मात्र तालिबानी आक्रमणमा २७ सुरक्षाकर्मीको मृत्यु भयो । यस घटनापछि अहिले अमेरिकाले तालिबानका विषयमा सही तस्वीर पेश गरेन कि भन्ने प्रश्न उठ्न थालेको छ ।

अफगान संघर्षमा अहिलेसम्म २२ सय अमेरिकी नागरिकको मृत्यु भइसकेको छ । तालिबानलाई सिध्याउन अमेरिकाले ८४० अर्ब डलर खर्च गरिसकेको छ । अफगानिस्तानमा तालिबान सिध्याउन, पुनर्निर्माण गर्न र विकास कार्यकालागि अमेरिकाले यतिधेरै रकम खर्च गरेको हो । 

अमेरिकाले अफगानिस्तानमा ठूलो संख्यामा सैन्य बल तैनाथ ग¥यो र ठूलो रकम खर्चियो । आतंकवादविरुद्ध अमेरिका प्रतिबद्ध छ र आतंकप्रभावित देशका नागरिकको कल्याणका लागि समर्पित छ भन्ने सन्देश विश्वलाई दिन
अमेरिकाले यति धेरै खर्च गरेको हो । 

तर तालिबान नष्ट हुने सम्भावना पटक्कै देखिँदैन । तालिबानको प्रभाव पहिलेभन्दा निकै ठूलो क्षेत्रमा फैलिएको छ । 

विगत एक हप्तामा तालिबानको फरक फरक आक्रमणमा २०० भन्दा बढी प्रहरी र सुरक्षाकर्मीहरू मारिइसकेका छन् । यसै महिनामा अफगानिस्तानको प्रमुख सैन्य अड्डामा तालिबानले आक्रमण गरेर गजनी शहरमा आतंक मच्चायो । 

अमेरिकी सेनाको तर्फबाट जारी बयानमा दाबी गरिएअनुसार देशका ५६ प्रतिशत भागमा अफगान सरकारको नियन्त्रण छ । तर आँकडाको खेलमा अल्झिएर वास्तविक तथ्य फेला पर्दैन । तालिबान अहिले पनि बलियो छ र आफ्नो
खतरनाक क्रियाकलाप सफल बनाउन पनि लागिपरेको छ । 

अफगानिस्तानका अनेकौं जिल्लामा सरकारको नियन्त्रण सरकारी कार्यालय र सैन्य ब्यारेकमा मात्र छ । शहरको जनजीवन र गतिविधिमा तालिबानको नियन्त्रण छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्