०९ असार २०८३, मंगलबार

धमाधम छुट्दै ३३ किलो सुन तस्करीका आरोपी

असोज ३, २०७५
धमाधम छुट्दै ३३ किलो सुन तस्करीका आरोपी

मोरङ–सुन तस्करी तथा उर्लाबारीका सनम शाक्य हत्या प्रकरणको मुद्दामा कारागारमा रहेका निलम्बित प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाल साधारण तारेखमा छुटेका छन् । उच्च अदालत विराटनगरले मंगलबार खनाललाई साधारण तारेखमा छोड्न आदेश दिएको हो । राजधानी दैनिकमा खबर छापिएको छ । 


खनालले जिल्ला अदालतको आदेश चित्त नबुझेको भन्दै तारेखमा छोड्न माग राख्दै ७ असारमा निवेदन दिएका थिए ।
खनाल पक्राउ पर्नुअघि मकवानपुर प्रहरी प्रमुख थिए । ७ माघमा यूएईबाट आएको साढे ३३ किलो सुनका मालिक गोरे भनिने चूडामणि उप्रेतीसँग प्रहरी अधिकारीको सम्बन्ध रहेको देखिएपछि उनीहरू पक्राउ परेका थिए । य

यसअघि निलम्बित प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनी र प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रजित केसीलाई समेत उच्च अदालतले साधारण तारेखमा छोड्न आदेश दिएको थियो । सुनकाण्डमा पछिल्लो समय उच्च अदालतमा चढेको पेसीको सुनवाइ हुँदै प्रहरी अधिकारीहरू एकपछि अर्को गर्दै साधारण तारेखमा छुट्दै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्